देश

टेम्पु प्रकरण ः काण्डे हाकिमले दिउँसै पारे रात, गरिबलाई हाने लात, बालेनको एक्सन, १० पक्राउ (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नाम–राम बिचारी, गर्दैनन् काम सोचिविचारी,
बालेन सरकारको गरिबमाथि डण्डा
सरकारदेखि कर्मचारीका फन्डैफन्डा
कहिले एक छाक टार्न टन्टलापुर घाममा डालोमा राखेर काफल बेच्नेका सामान फालिन्छन्, त कहिले गरिबका छोराछोरीका मोबाइल पानीमा डुबाइन्छन् । यस्ता अमानवीय कार्यमा संलग्नलाई न त सरकारले कारबाही गर्छ, न त यसबारे चुइक्क बोल्न नै चाहन्छ । अहिले कैलालीको भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका क्षेत्रमा भएको घटना चर्चामा छ । स्थानीय धनादेवी धामीको जीविकोपार्जनको आधार बनेको टेम्पो वन कर्मचारीले भीरमा गुल्ट्याइदिएका छन् ।