देश

ईश्वरी प्रकरण ः मध्यरातमा नेपाली ब्रोको तान्डव, लखेटी–लखेटी मारे, परिवारको रुवाबासी, सुदन गुरुङको ढाडस (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— आफ्नै मान्छे बैरी भए पछि कसको के नै लाग्ने रहेछ र ? यो जुनि मात्रै होईन सात जुनि सम्म एक हुने कसम खाएर अग्नी साक्षी राखेर सात फेरो लगाएको मान्छेकै हात बाट मर्नु पर्छ भन्ने सायदै कसैले कल्पना गरेको हुन्छ । तर तार्केश्वरकी ईश्वरी भुजेलकोको जीवनमा यस्तै घटना घट्न पुग्यो । टिकटकमा नेपाली ब्रो नामले चिनिने श्रीमान कुमार थापा मगरकै हातबाट उनले ज्यान गुमाउनु पर्यो । नेपाली सेनामा कार्यरत भुजेल राति १० बजे तिर टुप्लुक्क घर पुग्छीन । तर घरको दैलो टेक्न नपाउँदै श्रीमती मार्ने योजना बनाएर बसेको श्रीमानले उनको प्राण पखेरु चुँडाउछ । रड तथा धारीलो हतियार प्रहारले बेहोस भएर ढलेकी उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल त पुर्याइन्छ, तर उपचार सुरु हुन नपाउँदै उनले प्राण त्याग्छिन् ।