काठमाडौं — भारततर्फ आफ्नो सेवा वा उत्पादन विस्तार गर्न चाहने नेपाली व्यवसायहरूका लागि अब संचारको एउटा ठूलो अवरोध हटेको छ। डिजिटल कम्युनिकेशन समाधान प्रदायक AakashTel र भारतको अग्रणी टेलिकम कम्पनी Airtel बीच भएको नयाँ सहकार्यले नेपाली कम्पनीहरूलाई भारतीयस्थानीय VoIP नम्बरमार्फतग्राहकसँगप्रत्यक्षसम्पर्कगर्नसक्नेसुविधा उपलब्ध गराएको छ। यस कदमलाई व्यवसाय विस्तारको दृष्टिले महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।
भारतमा ग्राहकसँग जोडिन खोज्दा धेरै नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय नम्बर प्रयोग गर्दा विश्वासको कमी, कम प्रतिक्रिया दर र संचारमा दूरी महसुस गर्ने समस्या भोग्दै आएका थिए। स्थानीय नम्बर नहुँदा ग्राहकले कल नउठाउने वा संचारप्रति शंका गर्ने प्रवृत्ति सामान्य बनेको थियो। अब भने Airtel को स्थानीय VoIP नम्बरमार्फत सम्पर्क गर्दा ग्राहकसँगको दूरी घट्ने र संवाद अझ स्वाभाविक बन्ने अपेक्षा गरिएको छ।
यस सहकार्यअन्तर्गत नेपाली व्यवसायहरूले भारतमा कार्यालय स्थापना नगरी नै त्यहाँको स्थानीय उपस्थिति निर्माण गर्न सक्नेछन्। सम्पूर्ण कल व्यवस्थापन, निगरानी र सञ्चालन भने नेपालबाटै AakashTel को प्लेटफर्ममार्फत गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले व्यवसायलाई अनावश्यक लागत, जटिल प्रक्रिया र पूर्वाधारको झन्झटबाट मुक्त गराउँदै विस्तारलाई छिटो र व्यावहारिक बनाउनेछ।
AakashTel का भाइस प्रेसिडेन्ट राजन कोईरालाका अनुसार यो सहकार्यले नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप सहज बनाउनेछ। उनका अनुसार, “भारतीय बजार ठूलो अवसर हो, तर प्रभावकारी संचार बिना त्यहाँ टिक्न गाह्रो हुन्छ। स्थानीय VoIP नम्बरमार्फत सिधै ग्राहकसँग जोडिन सक्नु व्यवसायको विश्वसनीयता बढाउने महत्वपूर्ण पक्ष हो।”
यो समाधान विशेषगरी आईटी सेवा प्रदायक, आउटसोर्सिङ कम्पनी, ट्राभल तथा टुरिज्म व्यवसाय, ई–कमर्स प्लेटफर्म र भारत लक्षित स्टार्टअपहरूका लागि लाभदायक हुने देखिएको छ। ग्राहकसँग स्थानीय VoIP नम्बरबाट संवाद गर्दा विश्वास बढ्नुका साथै बिक्री रूपान्तरण (conversion) दरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
डिजिटल प्रविधिले सीमाना झन् सानो बनाइरहेको वर्तमान अवस्थामा AakashTel र Airtel को सहकार्यले नेपाली व्यवसायहरूलाई सीमापार विस्तारको लागि आवश्यक आधारभूत संचार संरचना प्रदान गरेको छ। अब भारत प्रवेश गर्न चाहने कम्पनीहरूले जटिल सेटअपको सट्टा सहज र स्मार्ट समाधानमार्फत आफ्नो बजार विस्तार गर्न सक्नेछन्। AakashTel का अनुसार यो पहल केवल सेवा विस्तार मात्र नभई नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने दीर्घकालीन रणनीतिक कदम हो, जसले आगामी दिनमा थप नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको


प्रतिक्रिया