Breaking

सुरुङभित्र नसोचेकै भयो ! ६ सुरुङमा यसरी चल्दैछ अप्रेसन : हिमालले बगाउँदैछ १० शहर

योहो संवाददाता

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङको नदी तटीय क्षेत्रलाई क्षतविक्षत बनायो । हिम पहिरोबाट श्रृजित मानवीय र भौतिक रुपमा सबैभन्दा बढी क्षति पुर्याउने घटनाको रुपमा यो बाढी दर्ज भएको छ ।

यससँगै हिमताल र हिमपहिरोको जोखिममा रहेका क्षेत्रबारे चासो बढेको छ । के तपाईंलाई थाहा छ ? सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी करिडोरमा रहेका बाह्रबिसे, खाडीचौर र सुकुटे जस्ता व्यस्त बजारहरू रसुवाको भन्दा दशौँ गुणा बढी जोखिममा छन् । भूगर्भविद् र जलवायु विज्ञहरूका अनुसार नेपालका कयौँ नदी किनारका बस्तीहरू अहिले एटोम बम भन्दा शक्तिशाली हिमपहिरो र हिमताल विस्फोटको जोखिममा छन् ।

रसुवामा नदीभन्दा ५० मिटर माथि रहेका संरचना त बाँकी रहेनन् भने, नदीको सतहदेखि जम्मा ५–१० मिटरको उचाइमा रहेका बाह्रबिसे वा बेनी बजारको हालत के होला ? ३ हजार ६ सयभन्दा बढी ग्लेसियर र २१ वटा अत्यन्तै जोखिमपूर्ण हिमतालहरूले कुन बेला प्रलय निम्त्याउने हुन्, कसैलाई थाहा छैन । आखिर कति सुरक्षित छन् त हाम्रा हिमाली र पहाडी भेगका नदी किनारका बस्तीहरू ?

हेरौँ यो विशेष भिडियो रिपोर्ट :