भोजपुरस्थित रामप्रसादराई गाँउपालिक–२ को धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ।
भोजपुर नगरपालिका–२ हेलौछा घर भएका ज्वाई राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरीसहित श्रीमती र सालोको हत्या गरेका राजेन्द्र भने घाइते छन् । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया