अन्तर्राष्ट्रिय

एलन मस्कले गरे ‘अमेरिकापार्टी’ गठनको घोषणा


टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन भएको घोषणा गरेका छन्।

‘अमेरिका पार्टी’ गठन भएको घोषणा उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको भोलिपल्ट विश्वकै धनाढ्य मस्कले अमेरिकामा नयाँ पार्टी गठनको घोषणा गरेका हुन्।

उनले अमेरिकीहरूले नयाँ पार्टी चाहिरहेको दाबी पनि गरे।आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पु¥याउने दाबी मस्कले गरेका छन् ।

अमेरिकाको दुवै सदनबाट पारित भएपछि ट्रम्पले प्रमाणीकरण गरिसकेको कर खर्च कटौती विधेयकलाई मस्कले घृणित र घिनलाग्दो भनेका थिए।