काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ कीर्तिमान बनाई रहेको छ । आज कीर्तिमानी मूल्यमा किनेको सुनले भोलि अर्काे कीर्तिमान राखिसकेको हुन्छ । गएको एक सातामा मात्रै तोलामा झण्डै १४ हजार रुपैयाँले वृद्धि भएको छ ।
वैशाख २ गते एक लाख ८४ हजार तीन सय रुपैयाँ कायम रहेको सुनको मूल्य ९ गतेसम्म आइपुग्दा एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको छ । हप्ता दिनमै सुनको मूल्यमा १३ हजार छ सय रुपैयाँले वृद्धि भएको छ ।
सुनको मूल्य मङ्गलबार एकैदिन तोलामा छ हजार नौ सय रुपैयाँ बढेर २ लाख नजिक पुगेको हो । यसरी सुनको मूल्यमा वृद्धि हुनुको मुख्य कारक भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिलाई लिइएको छ । ट्रम्पले अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भलाई हस्तक्षेप गर्ने धम्की दिएपछि सुनको मूल्यमा भारी वृद्धि भएको हो ।
सुनको मूल्यले दैनिक रुपमा उकालो ग्राफ लिइरहँदा गहना गृह तथा पसलहरूमा ग्राहकको संख्यामा निकै कमी आएको छ । व्यापार नहुँदा पसल खोल्ने र बन्द गर्ने काम मात्रै भएको व्यवसायीहरुको भनाइ छ । वैशाख महिनामा विवाह, ब्रतबन्ध जस्ता धार्मिक शुभकार्य हुने भएकाले व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । तर, मुख्य सिजनमा नै फाट्टफुट्टबाहेक गहना पसलहरू खाली खाली छन् । कतिपय ग्राहकहरू काम चलाउनकै लागि मात्रै आउने गरेका छन् ।
पहिले धेरै मात्रामा सुन लिनेहरूले पनि अहिले सानो परिमाणमा खरिद गर्ने र पुरानै सुनबाट काम चलाउने प्रवृत्तिमा वृद्धि भएको छ । ग्राहकहरू विभित्र प्रयोजनका लागि सुवर्णको आभूषण बनाउन सुन पसल पुग्ने गरेका त छन् । तर, मूल्य बढ्दा तुलनात्मक रुपमा कित्रे भन्दा पनि बेच्नेको संख्या बढ्दै गएको छ ।
सुनको मूल्य बढ्नु अन्तरराष्ट्रिय बजारका लागि सकारात्मक नै भए पनि नेपाल जस्तो देशले भने यसबाट खास्सै फाइदा लिन सक्दैनन् । सुन जुनसुकै देशको साझा सम्पत्ति हुँदा विश्वभरिका देशको केन्द्रीय बैंकले सुन भण्डारण गर्ने गर्छन् । त्यस्तै विदेशमा सेयरमा लगानी गरेजस्तै आम मानिसलाई पनि सुनमा लगानी गर्न छुट छ ।
बाकि भिडियोसहित
प्रतिक्रिया