मनोरञ्जन

लायन्स क्लबले रङ्ग र रमाइलोको उत्कृष्ट उत्सव मनायो


काठमाडौं – लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एल नेपालले बहुप्रतीक्षित होली कार्यक्रम “होली फेस्ट –Rang Over 2K25 Holi Colors“ को घोषणा गरि कार्यक्रम भव्य रङ्गहरूको उत्सव २०२५ मार्च १३, बिहीबार, होटल एभरेष्ट, बानेश्वरमा बिहान १०ः०० बजेबाट सुरु भएको थियो । लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालको गर्वनर लायन सुमन भट्ट ज्यूको उपस्थिती र लियो प्रेसिडेट अभय थापा ज्यू लगायत डिष्ट्रिकको लिडरहरुको उपस्थितिमा कार्यक्रम उदघाटन भएको थियो । वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावनाको सन्देश बोकेर आउने यो पर्वमा विभिन्न रङ र लोला खेल्ने परम्परा छ ।


होलिको बारेमा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एल नेपालका कोडिनेटर निक्की महर्जन ज्यूले भन्नु भयो त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा पस्न लगाए । आगोले नछुने वरदान पाएकी होलिका आफैँ जलेर मरिन्, तर प्रह्लाद बच्न सफल भए । त्यसैले होलिकाको दुरुपयोगको प्रतीक मानेर होली मनाउने परम्परा चलेको मानिन्छ ।


होली फेस्ट संगीत, मनोरञ्जन, र चाडपर्वहरूको जीवन्त मिश्रण हुने, जसमा प्रत्यक्ष संगीत, डीजे सेसन, बच्चाहरूका लागि विशेष रमाईला खेल, लक्की ड्र, लाइभ खाना तथा पेय स्टलहरू र अन्य मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरि पर्याप्त पार्किङ सुविधाले सहभागीहरूलाई सहज अनुभव प्रदान गरेको थियो ।


होली फेस्ट २०२५ को मुख्य प्रायोजक टुर्बोग बियर हो, नेक्सट वइभले महत्त्वपूर्ण सहयोग प्रदान गरेका छन् । कार्यक्रम अवधिभर लायन्स क्लवले चिकित्सा सहायता उपलब्ध गरिएको थियो । जसले सबै अतिथिहरूको सुरक्षा र सुव्यवस्था सुनिश्चित गर्ने सेवा उपलब्ध थियो ।


रमाइलो यहीँ रोकिँदैन! होली फेस्टको अवसरमा लायन मनिश्री रत्न बज्रचार्य ज्यूको पनि जन्मदिन परेको हुदाँ केक काटेर सेलेबे्रशन भएको थियो । रङ्ग, संगीत, र नन–स्टप रमाइलोसँग भरिएको एक अविस्मरणीय दिन भएको ईभेन्त् कम्पनिले जनाएको छ ।