Breaking

ओडिसाको घटना समाधान नगरे सरकारले एनओसी रोक्ने


काठमाडौं—भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो। केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरू प्रति मन्त्रालयले ध्यानकर्षण भएको जनाएको छ ।

घटनाको विषयमा समस्या समाधानको लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ। सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न मन्त्रालयले सहायता कक्ष बनाएको छ ।