Breaking

उज्वेकिस्तानको ब्ल्याक बुल्सले जित्यो २४औं आहारारा पोखरा गोल्डकपको उपाधि


पोखरा । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।

शनिवार पोखरा रंगशालमा भएको खेलमा सफल टोली पुलिसलाई ३–१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।

आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ । यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो।

पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको हो। उज्वेकिस्तानको टोलीसँग पराजित भएपछि पुलिस कीर्तिमानी सातौं पटक विजेता बन्ने अवसरबाट चुकेको छ।

उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार र पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा प्राप्त गरेको छ ।