नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।
आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भएका उहाँको हृदयघातका कारण मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरीले जनाए ।
अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लड्ेका हुन् । मियाँलार्ई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।
सैतीस वर्षका मियाँ स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया