Breaking

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ सातौं पटक च्याम्पियन


काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि वभागीय टोली एपीएफ क्लबल जितेको छ । आज भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।

सुदूरलाई फाइनलमा ९ विकेटले पराजित ग¥यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो ।