काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने, भएकाले जनसंख्या नीतिमा सबैकुरा समेटिन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले जनसंख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताए । मन्त्री पौडेलले सरकारले जनसंख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्ने बताए । जनसंख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जसनंख्या विभागहरुले विशेष पहल गर्नुपर्नेमा उनको जोड छ । मन्त्री पौडेलले स्वास्थ्यलाई सर्वसुलभ, सहज बनाउनका लागि स्वास्थ्य बीमा ५ लाख पु¥याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने बताए ।
समाचार
प्रतिक्रिया