समाचार

सक्रिय प्रवासी नेपाली समाज मलेसियाको सहयोगमा बिद्यालयलाई कपडा तथा शैक्षिक सामाग्री बितरण


काठमाडौं — सक्रिय प्रवासी नेपाली समाज मलेसियाले रामेछाप गाउँपालिका उमाकुण्ड–१ गुम्देलका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।

उमाकुण्ड गाउँपालिका–१ स्थित श्री प्रवित्रा नुम्बुर हिमालय आधारभूत विद्यालय तेछिम, श्री उमातिर्थ आधारभूत विद्यालय क्यामा र श्री हिमालय आधारभूत विद्यालय लहाछेवारमा अध्ययनरत विद्यार्थीहरूलाई बिहीबार र शुक्रबार न्यानो सुइटर र ब्याग वितरण गरिएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख ङावा शेर्पाले जानकारी दिए ।

सक्रिय प्रवासी नेपाली समाज मलेसियाको समूहले देउसी भैलो कार्यक्रमबाट संकलन भएको पैसा बिद्यालयलाई सहयोग गरेको समूहका दावा शेर्पाले जानकारी दिए । स्टेशनरी सामान खरिद गर्न छोङ ङिम शेर्पाले पोल्यान्डबाट सहयोग गरेका थिए । जाडोको समयमा सुईटर तथा झोला र स्टेसनरी सामान पाएपछि विद्यार्थीहरु खुसी हुनुका साथै विद्यालय र अभिभावकहरुले सक्रिय प्रवासी नेपाली समाज मलेसियाप्रति धन्यवाद व्यक्त गरेका छन्।