अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन् । भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने तय छैन । राजनीतिक स्रोतका अनुसार आइतबार दिउँसो लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दुवैलाई भेट्ने भएका हुन् ।
प्रधानमन्त्री ओली भने यही बेला गृहजिल्ला झापा उडेकाले लुसँग उनको भेट हुने छैन । यसअघि एमसिसीको अनुमोदन तथा स्टेट पार्टनरसिप प्रोग्रामलाई जोड दिन लु काठमाडौं आएका बेला नेपाली नेतृत्वसँग चर्काचर्की परेको सूचना सार्वजनिक भएको थियो ।
अमेरिकी दूतावास स्रोतका अनुसार नागरिक समाज र युवा अन्तक्र्रिया बाहेक उच्चस्तरीय भेट राखिएको छैन । दूतावासले लुको भ्रमण सूची सार्वजनिक गरेको छ, जहाँ प्रधानमन्त्रीलगायत नेताहरुको भेट कार्यक्रम सार्वजनिक छैन ।
प्रतिक्रिया