काठमाडौँ – यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ ।
यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुने छ ।
पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ । काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागले अहिले भने नेपालमा कुनै पनि मौसमी प्रणालीको असर नरहेको जनाएको छ । तराई मधेशका जिल्लाहरुमा बिहानपख हुस्सु कुहिरो लागे पनि अन्य अवस्था सामान्य रहेको विभागले जनाएको छ । विभागले भने तीन दिन भन्दा धेरैको मौसम पूर्वानुमान गर्दैन ।
प्रतिक्रिया