Breaking

काठमाडौं–१६ : कांग्रेस–एमालेको किल्लामा रास्वपाको झण्डा


काठमाडौँ – पहिलो पटक स्थानीय तहमा नागरिकको मत परीक्षण गर्न जनतामाझ पुगेको रास्वपाले पहिलो प्रयासमै सफलता हात पारेको छ । दूरदराजका मतदाताले रास्वपालाई अझै विश्वास गरिनसकेको भए पनि काठमाडौं १६ का मतदाताले भने भरोसा गरेका छन् ।

सभापति रवि लामिछाने थुनामा भएकै अवस्थामा स्थानीय तहको उपनिर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा सफलता हात पारेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा नेकपा एमाले र नेपाली कांग्रेस जस्ता पुराना तथा ठूला दललाई पछि पार्दै स्थानीय तहको चुनावमा रास्वपाले आफ्नो जितको झण्डा फहराएको हो । दशकौंदेखि कांग्रेस एमालेले राज गर्दै आएको काठमाडौं १६ मा रास्वपाकी रोजिना श्रेष्ठले घण्टी अङ्कित झण्डा गाडेकी हुन् ।

उनले आफ्ना प्रतिष्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधार र कांग्रेसका देवेन्द्र पाठकलाई पछि पार्दै वडाध्यक्ष पदमा बाजी मारिन् । तुलाधरले दुई हजार दुई सय २० र पाठकले दुई हजार दुई १४ मत प्राप्त गर्दा श्रेष्ठले भने दुई हजार नौ सय चार मत ल्याएर विजयी भएकी हुन् । स्थानीय तहको चुनावमा सहभागी भएको पहिलो पटक नै एमाले कांग्रेस दुवैको प्रभाव क्षेत्र मानिएको काठमाडौं १६ नवआगन्तुक रास्वपाले जित हात पार्दा उत्सव नै छाएको छ ।

देशभरका रिक्त रहेका ४४ स्थानमध्ये रास्वपाले २६ ठाउँमा उम्मेदवार उठाउँदा काठमाडौं १६ मात्रै जित निकालेको हो । बाँकी २५ वटा स्थानमा जमानत नै जफत हुन पुगेको छ । तर, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा पर्ने यो वडामा जितको आधार भने कमाण्डर बनेका यसै क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद गणेश पराजुली बत्र पुगे । शहरी क्षेत्रमा पर्ने वडामा रोजिनालाई जिताउन पराजुली लगायत केन्द्रका अधिकांश नेताहरू खटिएका थिए ।

त्यसैमाथि पनि कोर क्षेत्रकै नेवार समुदायबाट उम्मेदवार उठ्दा त्यसको फाइदा श्रेष्ठलाई प¥यो । पार्टी नेतृत्व आफैँ विविध समस्याबाट गुज्रिरहेको र अन्त दूरदराजमा पनि रास्वपाको कन्त बिजोग नै भएको अवस्थामा काठमाडौं–१६ को मत परिणामले रास्वपालाई राहत दिएको छ । स्थानीय तहमा खोलेको पहिलो खाताले आगामी दिनमा हुने निर्वाचनका लागि पार्टी पंक्तिमा उत्साह सञ्चार गरेको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेर प्रहरीको अनुसन्धान घेरामा रहेका रास्वपाका सभापति लामिछाने गत कात्तिक २ देखि हिरासतमा छन् । कास्की, रुपन्देही र काठमाडौंको हिरासतमा रहेका उनीमाथि चितवनबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । जसले गर्दा उनको हिरासतको बसाईं अझै लम्बिने देखिन्छ । अप्ठ्यारो परिस्थितिमा पनि काठमाडौंको वडानम्बर १६ का मतदाताले रास्वपाप्रति रुझान राख्दा नेताहरू हौसिएका छन् ।

रवि थुनामा हुँदा नै उपनिर्वाचनमा होमिएको रास्वपाले काठमाडौंबाट विजयीको झण्डा गाडेर सुरुवात गरेको छ । अन्य उम्मेदवारले रोजिनालाई खास्सै प्रतिष्पर्धी नै नठान्दा अब उनैले त्यस वडाको नेतृत्व गर्ने अवसर पाएकी छन् । काठमाडौं १६ बाहेकका स्थानमा रास्वपाले पराजय व्यहोर्नुको मुख्य कारण संगठन नहुनु पनि हो ।

तल्लो तहमा बलियो संगठन नभएको रास्वपाले अन्य स्थानमा बेहोरोको पराजयबाट संगठन विस्तारको महत्वलाई बुझ्नु पर्ने देखिन्छ । काठमाडौं १६ मा जित हात पार्नुको पछाडि केन्द्रीय नेता तथा सांसददेखि तत्लो तहका नेता कार्यकर्ताको बलियो उपस्थिति र संगठनलाई पनि लिनु पर्छ । जसका कारण घण्टी घरकै इपी सेन्टर भएको स्थानमा राज गर्ने मौका पाएको रास्वपाको यो विजयले ठूलो अर्थ राखेको छ ।

पहिलो पटक स्थानीय तहमा नागरिकको मत परीक्षण गर्न जनतामाझ पुगेको रास्वपाले पहिलो प्रयासमै सफलता हात पारेको छ । दूरदराजका मतदाताले रास्वपालाई अझै विश्वास गरिनसकेको भए पनि काठमाडौं १६ का मतदाताले भने भरोसा गरेका छन् ।

सभापति रवि लामिछाने थुनामा भएकै अवस्थामा स्थानीय तहको उपनिर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा सफलता हात पारेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा नेकपा एमाले र नेपाली कांग्रेस जस्ता पुराना तथा ठूला दललाई पछि पार्दै स्थानीय तहको चुनावमा रास्वपाले आफ्नो जितको झण्डा फहराएको हो । दशकौंदेखि कांग्रेस एमालेले राज गर्दै आएको काठमाडौं १६ मा रास्वपाकी रोजिना श्रेष्ठले घण्टी अङ्कित झण्डा गाडेकी हुन् । उनले आफ्ना प्रतिष्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधार र कांग्रेसका देवेन्द्र पाठकलाई पछि पार्दै वडाध्यक्ष पदमा बाजी मारिन् । तुलाधरले दुई हजार दुई सय २० र पाठकले दुई हजार दुई १४ मत प्राप्त गर्दा श्रेष्ठले भने दुई हजार नौ सय चार मत ल्याएर विजयी भएकी हुन् । स्थानीय तहको चुनावमा सहभागी भएको पहिलो पटक नै एमाले कांग्रेस दुवैको प्रभाव क्षेत्र मानिएको काठमाडौं १६ नवआगन्तुक रास्वपाले जित हात पार्दा उत्सव नै छाएको छ ।

देशभरका रिक्त रहेका ४४ स्थानमध्ये रास्वपाले २६ ठाउँमा उम्मेदवार उठाउँदा काठमाडौं १६ मात्रै जित निकालेको हो । बाँकी २५ वटा स्थानमा जमानत नै जफत हुन पुगेको छ । तर, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा पर्ने यो वडामा जितको आधार भने कमाण्डर बनेका यसै क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद गणेश पराजुली बत्र पुगे । शहरी क्षेत्रमा पर्ने वडामा रोजिनालाई जिताउन पराजुली लगायत केन्द्रका अधिकांश नेताहरू खटिएका थिए । त्यसैमाथि पनि कोर क्षेत्रकै नेवार समुदायबाट उम्मेदवार उठ्दा त्यसको फाइदा श्रेष्ठलाई प¥यो । पार्टी नेतृत्व आफैँ विविध समस्याबाट गुज्रिरहेको र अन्त दूरदराजमा पनि रास्वपाको कन्त बिजोग नै भएको अवस्थामा काठमाडौं–१६ को मत परिणामले रास्वपालाई राहत दिएको छ । स्थानीय तहमा खोलेको पहिलो खाताले आगामी दिनमा हुने निर्वाचनका लागि पार्टी पंक्तिमा उत्साह सञ्चार गरेको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेर प्रहरीको अनुसन्धान घेरामा रहेका रास्वपाका सभापति लामिछाने गत कात्तिक २ देखि हिरासतमा छन् । कास्की, रुपन्देही र काठमाडौंको हिरासतमा रहेका उनीमाथि चितवनबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । जसले गर्दा उनको हिरासतको बसाईं अझै लम्बिने देखिन्छ । अप्ठ्यारो परिस्थितिमा पनि काठमाडौंको वडानम्बर १६ का मतदाताले रास्वपाप्रति रुझान राख्दा नेताहरू हौसिएका छन् ।

रवि थुनामा हुँदा नै उपनिर्वाचनमा होमिएको रास्वपाले काठमाडौंबाट विजयीको झण्डा गाडेर सुरुवात गरेको छ । अन्य उम्मेदवारले रोजिनालाई खास्सै प्रतिष्पर्धी नै नठान्दा अब उनैले त्यस वडाको नेतृत्व गर्ने अवसर पाएकी छन् । काठमाडौं १६ बाहेकका स्थानमा रास्वपाले पराजय व्यहोर्नुको मुख्य कारण संगठन नहुनु पनि हो । तल्लो तहमा बलियो संगठन नभएको रास्वपाले अन्य स्थानमा बेहोरोको पराजयबाट संगठन विस्तारको महत्वलाई बुझ्नु पर्ने देखिन्छ । काठमाडौं १६ मा जित हात पार्नुको पछाडि केन्द्रीय नेता तथा सांसददेखि तत्लो तहका नेता कार्यकर्ताको बलियो उपस्थिति र संगठनलाई पनि लिनु पर्छ । जसका कारण घण्टी घरकै इपी सेन्टर भएको स्थानमा राज गर्ने मौका पाएको रास्वपाको यो विजयले ठूलो अर्थ राखेको छ ।