Breaking

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित


काठमाडौं ।कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ५०६ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ५ हजार ६७ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२६ मत ल्याए ।