उदयपुरको बेलका नगरपालिका वडा नं ९ मा रोकिएको मतगणना पुनः सुरु भएको छ । बदर मतको विषयलाई लिएर विवाद भएको यस वडाको मतगणना फेरि सुरु भएको हो ।
निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार आइतबार रातीसम्म ५ सय मतगणना गरिएको थियो । जसमा २२० मत बदर भएको थियो । उक्त बदर मतको विषयमा विवाद उत्पन्न हुँदा मत गणना रोकिएको थियो ।
बेलका–९ का निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बदर भएको मत पुनः गणना गर्न निर्वाचन आयोगले सुझाव दिएपछि रोकिएको मतगणना सुरु गरिएको जानकारी दिए।
उनका अनुसार पाँचसय मत गणना हुँदा दुईसय २० मत बदर भेटिएको थियो। अहिले त्यही बदर भएको मतगणना गर्दै अरू मतगणना गर्न सकिने निर्वाचन अयोगले सुझाव दिएपछि गणना सुरु भएको हो।
मतगणना रोकिनुभन्दा अघिसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार मोहन खड्काले ८५, नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० र नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत प्राप्त गरेका छन्।
तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको छ।
प्रतिक्रिया