Breaking

रवि लामिछानेको बयान सकियो, सहकारीमा आफ्नो संलग्नता नरहेको दाबी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिनसम्म चलेको बयानमा लामिछानेले ७४ प्रश्नको जवाफ दिएको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

शुक्रबार सुरु भएको बयानमा रविले निरन्तरूपमा सहकारीमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गएको बिहीबार काठमाडौं ल्याइएको थियो ।

गत कात्तिक २ गते उनलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।