समाचार

कोशी प्रदेशको कानुनमन्त्रीमा एमालेका रेवतीरमण भण्डारी नियुक्त


कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी नियुक्त भएकाछन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेकाहुन । मन्त्रीको जिम्मेवारी पाएपछि कोशी प्रदेशमा बन्न बाँकी ऐन निर्माण गर्ने, ऐन कार्यान्वयन गर्ने आवश्यक नियमावली निर्माण गर्ने भण्डारीले बताए । उनले नयाँ कानुन बनाउनुपर्ने भए प्रदेश सभामार्फत पहल लिने पनि बताए । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लब अधिकारीले केही युवालाई अनधिकृत रूपमा जापान लगेको भन्दै विवादमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिनुभयो ।