काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले प्रधानमन्त्री ओलीलाईलाई बेइजिङ अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई भोलि चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नु हुने कार्यक्रम छ । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।
भोलि नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।
प्रतिक्रिया