क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा विभिन्न १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’का अनुसार १६ वटा मूल दस्तावेजमा १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका हुन् ।
गत बिहीबार सुरु भएको महाधिवेशन अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टीको त्रिभुवन विश्वविद्यालयको ठूलो हलमा बन्दसत्र चलिरहेको छ । जहाँ विभिन्न विषयमा दस्तावेजहरू प्रस्तुत भएका हुन् ।
‘मूल दस्तावेजहरूको अंश–अंशमा आफ्नो मत राख्दै विभिन्न १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका छन्’ प्रवक्ता ओलीले भने । उनका अनुसार सबै दस्तावेजलाई एकीकृत गरेर छलफल गर्नका लागि समूह बनाउने तयारी छ ।
समूहगत छलफल सकिएपछि पुनः छलफल भएर प्रस्तावहरू पारित हुनेछन् । यही मंसिर १३ गतेबाट शुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंसिर २३ गते सकिनेछ ।
प्रतिक्रिया