Breaking

गगन बोलीको चिरफार : सञ्जालमा भिडन्त, युवालाई आस कि,भ्रम ?


कांग्रेसको भावी नेतृत्वका रुपमा चिनिएका तथा बोलीमा दम भएका कांग्रेस महामन्त्री गगन थापा नेताभन्दा कार्यकर्ता बन्न थालेका छन् । उनका अभिव्यक्ति सभापति देउवा र प्रधानमन्त्री ओली फकाउनमै केन्द्रित देखिँदा हैसियतमै प्रश्न गर्ने अवस्था बनेको हो । अर्थात अहिले गगन ओलीभन्दा कडा,सरकारभन्दा माथि र देउवाको नजिकका पात्रका रुपमा परिणत हुने बाटोमा देखिन्छन् । एक रिपोर्ट

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाले बलियो सरकार चलाउँदै गर्दा रन्थनिएका गगन थापाको प्रहारको केन्द्र केपी शर्मा ओली हुने गरेका थिए । ओलीले संसद विघटन गरेपछिका दिनहरुमा गगनले ओलीको न्वारान नै गरिदिएका थिए ‘कीर्तेप्रसाद’ । यसबाहेक ओलीको मुखैमा अँगार भएको टिप्पणीदेखि गिरिबन्धुमा छानविन हुनुपर्ने मागसमेत उनले गर्ने गरेका थिए । अर्थात एमाले त्यसमा पनि ओलीमाथि प्रहार गर्नेहरुको पहिलो लहरमा रहेको काँग्रेस नेताको छवी गगनले बनाएका थिए । अहिले उनै ओलीलाई काँध हालेर काँग्रेसले सत्तामा पुर्याउँदा गगन एमालेका नेताभन्दा धेरै ओलीको प्यारो बन्ने बाटोमा छन् ।

पार्टीभित्र सभापति देउवाले गरेको माया र नयाँ पार्टीप्रति उठ्दै गरेको प्रश्नले हौसिएका उनी सरकारको ढाल बन्न अग्रसर भएका हुन् । यसले ओली देउवा दुबैको माया पाउन सकिने बुझेका उनले आफ्नोतारो पुष्पकमल दाहाल प्रचण्ड र रविलाई बनाएका छन् । फलतः कांग्रेस १७ असारमा एमालेसँग भएको सहमतिअनुसार सरकारलाई तलमाथि गर्ने पक्षमा नरहेको उनले बताएका छन् । हप्तामा एकपटक प्रचण्डले प्रधानमन्त्री बनिदिनुप¥यो भनेर कांग्रेसलाई खबर पठाउने गरेको खुलासा गरेका उनलेमाओवादीले गर्दा देश पछि परेको बताउँन थालेका छन् ।

ओलीकै भाषा सापट लिएझै गरी प्रस्तुत भएका उनी उपनिर्वाचनको एजेण्डा नै प्रचण्डविरुद्धको गालीलाई बनाइरहेका छन् । प्रचण्ड र उनी नेतृत्वको माओवादीलाई अस्थिरताको प्रमुख कारकका रूपमा चित्रित गर्दै उनले प्रचण्डले हतियार उठाउन लगाएर नेपालको १० वर्ष समय खेर गएको दाबी नै गर्न भ्याए ।

गत निर्वाचनमा रास्वपाले ल्याएको उभार र आफ्नै समूहका नेताले छोडेको साथका कारण गगन राजनीतिक सुनिन थालेका थिए । नयाँको मारमा सबैभन्दा बढी उनी पर्ने विश्लेषणकाबीच गगनले आफ्नो लडाईं आफ्नै पार्टीको नेतृत्वविरुद्ध केन्द्रित गरेका थिए भने बुढा नेताभन्दा फरक देखिने उनको रणनीति देखिन्थ्यो ।

योबीचमा रविविरुद्ध उनले उठाएको प्रश्नमा देउवाले स्याबासी दिएको विषय होस् या गगन जस्ता मन्त्री चाहिने ओलीको चाहनाले होस उनलेट्विटर महामन्त्रीको आरोपसमेत बिर्सिए । फलतः नयाँको टाउकोमै समस्या टिप्पणी गर्न थालेका गगनअराजकताको विरुद्ध र सरकारको पक्षमा बोल्ने पात्रका रुपमा आफूलाई उभ्याउने बाटोमा छन् ।

जुन विपक्षी लपेट्नेदेखि दपड्ने ओलीको कदम भन्दा आक्रमक देखिदाँ राजनीतिक विश्लेषकहरु भने यसले उनको आगामी यात्राको सँकेत गर्ने बताउँछन् । पार्टिको नेतृत्वमा जाने विषयमा देउवा फकाउनु उनको बाध्यता बन्दा देउवालाई नै प्रधानमन्त्री बनाउन सरकार कायम राख्नुको विकल्प छैन् । यहि कारण ओलीको माध्यमबाट देउवा फकाउने बाटोमा रहेका उनी नयाँ शक्तिले देखाएको बाटो समात्न भन्दा पुरानाको गुलामी गर्न लागि परेको विश्लेषकको टिप्पणी छ ।

पछिल्लो समय उनका शब्द चयन र प्रहारको शैलीमासमेत ओलीको प्रभाव नै देखिन थालेको छ ।बीआरआईकै सम्बन्धमा समेत यसलाई नेपालमा लागू गर्ने कुरा नेपाली कांग्रेसका लागि नयाँ र नौलो नभएको पनि बताउनुले उनको उद्धेश्य प्रष्ट पार्छ । अर्थात ओलीलाई चीन भ्रमणमा घाडो भइरहेको बीआरआईको विषयमा सहजीकरणको काम समेत उनै गगनले गरिरहेका छन् । यसले ओली देउवाको मध्यमार्गी व्यक्तिका रुपमा उनलाई प्रस्तुत गर्दा थापालाई केही राजनीति लाभ हुनेमासमेत दुईमत छैन । तरसमय अनुसार रंग फेर्ने उनको बानी उनकै लागि समेत घातक नहोला भन्न सकिँदैन ।