काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्।
आज बिहान काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन् । उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ । मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन्।
शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए । अहिले प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया