काठमाडौं । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुुर देउवाको भेट बाक्लिएको छ । सत्ता साझेदार दलका प्रमुख नेताहरु भएकाले भेट्दैमा आश्चर्य मानिहाल्नु पर्ने अवस्था नभए पनि पछिल्ला केही भेटले सत्ता समीकरणमै उथलपुथलको जोखिम बढाइदिएको छ ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणको तयारीमा छन् । यही भ्रमणको एक एजेण्डा नै गठबन्धनको आयु निर्धारण गर्ने निणर्ायक बनिरहेको छ । सरकारले संयन्त्र नै बनाएर चीन भ्रमणका एजेण्डा निर्धारण गरिरहेको छ । तर, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा कांग्रेस र एमालेको कुरा मिल्न सकिरहेको छैन ।
प्रधानमन्त्री ओली बीआरआई ग्रहण गर्ने निणर्य मन्त्रिपरिषद्बाटै गराउन चाहन्छन् । यसैकारण मंगलबार मन्त्रिपरिषद्को बैठक स्थगित गरेरै कांग्रेस-एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।
आसन्न चीन भ्


प्रतिक्रिया