Breaking

एमालेले पाउने जग्गा भाटभटेनीको नाममा आयो, सर्वोच्चमा पनि सुनुवाइ

योहो संवाददाता

एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन् ।

गुरुङले दशैंको फूलपातीका दिन एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान घोषणा गरेका थिए । घोषणा अनुसार, उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्नेछन् ।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले त्यही जग्गादानको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुनुभन्दा अघि नै उक्त जग्गा आफ्नो कम्पनीको नाममा सारेको देखिन्छ ।