Breaking

नेप्से १.८८ अंकले घट्यो


काठमाडौँ— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा १.८८ अंकले घटेको छ । अघिल्लो कारोबारमा स्थिर रहेको बजार आज घटेको हो । १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटाको भने स्थिर छ ।

यसदिन पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड १६ लाख कित्ता सेयर ५५ हजार २३८ पटकमा खरिद बिक्री भएको छ ।

बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो, पिपुल्स हाइड्रो, समृद्धि फाइनान्स, राप्ती हाइड्रोको सेयर उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।उपसूचकतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचअल फण्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन् ।