Breaking

नेपालगञ्जबाट बेपत्ता निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले गर्‍यो वार्ता

योहो संवाददाता

काठमाडौँ— नेपालगञ्जबाट बेपत्ता निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार, रुबी खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा सहभागी महिलाहरुलाई बोलाएर मन्त्रालयमा छलफल गरिएको थियो । त्यसक्रममा केही विषयमा सहमति समेत जुटेको एक अधिकारीले बताए ।

खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरुले कुर्मीको न्याय माग्दै आन्दोलन गरिरहेका थिए । सरकारले खानसँग यसअघि नै चार पटक सहमति समेत गरिसकेको थियो । पाँचौं पटक उनी कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्‍याइदिन माग गर्दै प्रदर्शनमा उत्रिएकी थिइन् ।

खानको समूहले सोमबार सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा समेत धर्ना दिएको थियो ।