Breaking

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई

योहो संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन्।

उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच सोमबार अपराह्न गृह मन्त्रालयमै भेटवार्ता भएको स्रोतले जनाएको छ।

‘उपसभापति अर्याल सोमबार अपराह्न सवा ५ बजेतिर मन्त्रालयमै आउनुभएको थियो, गृहमन्त्रीज्यूसँग करिब १५ मिनेट कुराकानी गरेर निस्कनुभयो,’ स्रोतले भन्यो।

गृहमन्त्रीको सचिवालयले भने भेटवार्ताबारे खुलाउन चाहेन। उपसभापति अर्यालले गृहमन्त्री लेखकसँग भेटवार्ता भएको बताए।