प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु गरेका छन् । ओलीले अमेरिकामै भारतीय समकक्षी नरेन्द्र मोदीको सामान्य भेट चाहेका छन् । तर, भारत भने उतै पहिलो भ्रमण होस् भन्ने चाहन्थ्यो । यहीबीचमा भारतले ओलीलाई महत्व नदिँदा ओली भने अमेरिकी कित्ता क्लियर गर्ने रणनीतिमा छन् ।
अन्तरिक राजनीतिबाटै घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अर्थपूर्ण छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने औपचारिक एजेण्डा भए पनि प्रधानमन्त्री बनेपछि ओलीको यो पहिलो विदेश भ्रमण पनि हो । नेपालको अस्थिर घरेलु राजनीतिका कारण सरकार परिवर्तन पनि छोटो समयमै भइहाल्ने प्रवृत्ति सामान्य जस्ते बनेपपनि भूराजनीतिक चलखेललाई दलहरु


प्रतिक्रिया