काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाएकाछन् ।
सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भनि लिएको निर्णयप्रति आपत्ति जनाउँदै उनले सो आरोप लगाए । आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गरे ।
बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय लिनुभएको थियो ।
सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनि प्रश्न समेत गरे उनले माओवादी विदोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिए ।
सांसद विश्वकर्माले माओवादी विद्रोह जनयुद्ध भएको र त्यसको अपव्याख्या गर्नेकुरा आफूहरुलाई सैह्य नहुने बताएकाछन् ।
प्रतिक्रिया