नेपली नर्स ममता काफले बेपता प्रकरण थप पेचिलो बन्दै गएको छ। डेढ महिना वितिसक्दा पनि ममतको अवस्था पत्ता नलागेपछि प्रहरीमाथि थप दबाव सिर्जना भएको छ।
नेपाली समुदायले अहिलेपनि ममताको न्यायका लागि खबरदारी जारी राखेकाछन् ।
अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले प्रकरणमा उनका पति नरेश भट्टको सातिर चालेले यति बेला सबैलाई हैरानी खेपाएको छ। प्रहरीले हत्या भएको दाबी गरेपनि अहिलेसम्म शव फेला पारेको छैन । शव लुकाएको आरोपमा पति नरेश प्रहरी कस्टडीमाछन् । तर नरेशले भित्रै बसेर नमज्जाले नाटकिय ढंगबाट मुद्धा कमजोर बनाएर उम्किने दाउ गरेपछि ममताको न्यायका लागि आवाज उठाएका नेपालीले आश्चर्य व्यक्त गरेकाछन् ।
पत्नि वियोगमा पीडा झल्किनु पर्ने नरेशको चेहरामा मुस्काउन देखिन थालेपछि नेपाली थप सशंकित भएकाछन् । शुक्रबार अदालतमा उपस्थित गराउदा नरेशको भावभंगी फरक रहेको त्यहा उपस्थित नेपालीहरुले बताएकाछन् ।
नरेशलाई शुक्रबार पाँचौपटक अदालतमा उपस्थित गराईएको थियो । तर अदालतमै ममता जिउँदो रहेको विषयमा बहस चलेको छ । नरेश पक्षका वकिलले ममता जिउँदै भएको र कतै लुकीछिपी बसेको दलिल पेस गरेपछि सुरुवाती दिन देखि न्यायको अभियानमा सरिक भएका नेपालीले खल्लो महसुस गरेकाछन् । नरेशको ओठमा हासो देखिनु र वकिलले अदालतमा जिवित भएको हुन सक्ने कुतर्क गर्नुले थप संशय बढाएको छ।
नरेशका वकिलले अदालतमा बहस गर्दै ममता मारिएको प्रमाण अहिलेसम्म फेला नपरेको भन्दै उनी जिउँदै रहेको हुनसक्ने र जानीजानी कतै बसेको हुनुसक्छ भनेर बोलेपछि त्यसले पीडित पक्षलाई झनै ठूलो चोट दिएको छ । मुद्धा कमजोर पार्न र आफु जोगिन नरेश पक्षले अनेकन हत्कण्डा अपनाउन थालेपछि अभियानमा जुटेकाहरुले आक्रोश पाखेकाछन् ।
नरेशले घट्ना घटेको क्षेत्र भर्जिनियाको कानुनलाई टेकेर आफुले पाउने सुविधा र ममता पक्षलाई कमजोर देखाउन कानुनको केस्रा केस्रा केलाएर सोही अनुरुप आफ्ना वकिलमार्फत दलिल पेश गरिरहेकाछन् । शुक्रबारको हेयरिङ दुईपक्षबीचको बहस पैरबीका लागि नभई नरेशलपक्षले प्रमाण जुटाउनका लागि माग गरेको व्यक्तिगत अधिकार थियो । भर्जिनियामा आरोपी ,अभियुक्तले अदालतमा अपिल गरेर विपक्षीबाट प्रमाण माग्न पाउने कानुनी सुविधा छ ।
नरेशपक्षका वकिलले प्रहरी अर्थात ममतापक्षबाट संकलनभई रहेको, मोवाईल हिस्ट्रि,साथीसंगको कुराकानी, जुलाई २७ मा ममता गाडी चढेर हिडेको भिडियो फुटेज र ममता जिवित नरहेको भन्ने आधार प्रमाण लगायतका डिटेल माग गरेकाछन् । यी प्रमाण आफुहरुले पाए यसैमा टेकेर आफ्नो पक्षबाट मुद्धा थप शसक्त र विपक्षीको कमजोर पार्न सकिने आंकलनका बीच नरेश पक्षले अदालतमा अनेक तुरुप फालिरहेको छ।
अर्को हेयरिङ आउँदो सोमबारका लागि तोकिएको छ। प्रहरीले विहीबार पुन नरेशको घर खानतलासी गर्दा फेला पारेको प्रमाण अब अदालतमा पेश गर्ने छ। यद्यपी यो मुद्धा हेरिरहेको
मनसास प्रहरीले गम्भीर संकेत गरेको छ । प्रहरीले ममताको अज्ञात अवस्था पत्ता लगाउने बाटो पहिल्याएको छ । बिहिबार पुनः दोहो¥याएर नरेशको घरमा सर्च अभियान चलाएपछि प्रहरीले ममताको अवस्था र हत्याराको सम्मनिकट पुगेको संकेत गरेको हो ।
प्रहरीले अदालतबाट हाउस वारेन्ट सर्चको अनुमति लिएर पुनः नरेश–ममताको बसोबास रहेको घरको पछाडी पट्टीको भागमा विशेष सर्च अप्रशेन चलाएको थियो । त्यहाँबाट प्रहरीले केही प्रमाण उठाएको छ । ममताको खोजीमा लागेको प्रहरीले विहिबार घरको खानतलासी पछि विज्ञप्ती मार्फत भनेको छ, ‘यो समयमा हामीले के प्रमाण खोजिरहेका थियौं भन्ने फेला पारेको छौं तर सार्वजनिक गर्न सक्दैनौं ।’
अनुसन्धान प्रक्रिया चलिरहेकाले प्रहरीले अहिले फेला पारेको सुराक वा, प्रमाण सार्वजनिक गरेको छैन । तर यो प्रमाणले ममतासम्म पुग्ने बाटो पहिल्याउने विश्वास गरिएको छ । प्रहरीले उता नरेशले बेचेको टेस्लाकारसमेत तानेर अनुसन्धानको दायरामा ल्याएको छ । नरेशले सबै डाटा डिलिट गरेकाले प्रहरीले पुन गाडी झिकाएर ट्राभल्स हिस्ट्रीसहतिको डाटा रिकभर गरेको छ। नरेशले डिकीमा शव हालेर कतै लुकाएको आशंकाकाबीच टेस्लाको ट्राभल हिस्टीले अनुसन्धानमा सघाउने पु¥याउने विश्वास गरिएको छ। प्रहरीले यसअघि नेपाली समुदायले नै सूचित गरेपछि सार्वजनिक स्थान, चर्च जंगल र बाटोघाटोमा खोजी अभियान चलाएको थियो । तर त्यतिबेला केही फेला नपरेको भन्दै प्रहरी बोलेको थियो । त्योभन्दा अघि पहिलोपटक सिंगल हिल पार्कमा भएको खोजी अभियानमा केही क्लु फेला परेको र ममतासंग सम्बन्धित हो÷होइन एकिन गर्दैछौ भनेको प्रहरीले विहीबार घर पछाडी सर्च गरेपछि फेला पारेको प्रमाणका विषय बाहिर सार्वजनिक नगर्नुले पनि प्रहरी ममताको अवस्था नजिक पुगेको अनुमान गरिएको छ ।
प्रहरीले नरेशको घरमाथि र वरीपरि हेलिकप्टरको साहरामा पनि खोजी कार्य जारी राखेको छ । प्रहरीलाई एकजना मानिसले विशेष सुत्रबाट सुराक दिएपछि प्रहरीले घरवरिपरि खोतलेको थियो । यसअघि प्रहरीले २८ जुलाईदेखि अगस्ट ५ सम्म नरेशको घरमा पुगेका वा, सम्पर्कमा रहेका व्यक्तिलाई के–के कुरा भएको हो जानकारी दिन अपिल गरेको थियो । सोही आह्वान बमोजिम एक व्यक्तिले महत्वपूर्ण सूचना दिएपछि घर पछाडी खानतलास गरिएको हो । प्रहरीले अनुसन्धानको पाटोलाई सुक्ष्म ढंगले अगाडी बढाएको छ । पछिल्लो पटक नरेश र ममताको फोनको कल म्यासेज कुराकानीको हिस्ट्री पनि प्रहरीले हात पारेको छ । प्रहरीले फोनमा भएको कुराकानी हात पारेपछि नै मिति तोकेर सम्पर्क आउन आह्वान गरेको हो प्रहरी लगभग नरेशसंग निकट रहेको कोही अर्को व्यक्तिको सहयोगमा ममतालाई दबाईएको निश्कर्षमा पुगेको छ । यो घटनामा ममताको निकट रहेकी विदेशी साथी नाडिया नाभारो शंकाको घेरामा छिन् । उनलाई निगरानीमा राखिएको छ।
अहिलेसम्मको शंकास्पद गतिविधी र प्रहरीले जुटाएका केही प्रमाणलाई आधार मानेर पनि प्रहरीले नरेशमाथि ‘नो बडी केस’ चार्ज लगाउन सक्छ । तर प्रहरीका लागि हत्या नरेशलेनै गरेको हो भन्ने पुष्टि गर्नु पर्ने चुनौती रहनेछ । अहिले मनसास प्रहरीले नरेशलाई हत्या आरोपमा नभई शव लुकाएको आरोपमा पक्राउ गरेको हो । कानुनका केही लुपहोलमा खेलेर नरेश पक्षले प्रहरी र नेपाली समुदायलाई चम्मा दिइरहेको छ।
प्रतिक्रिया