काठमाडौँ – भारतीय कम्युनिस्ट पार्टी ९मार्क्सवादी०का महासचिव सीताराम यचुरीको निधन भएको छ । ७२ वर्षीय यचुरीको उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको सीपीएमका वरिष्ठ नेता पुण्यवतीले पुष्टि गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार, केही समयदेखि बिरामी रहेका उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
सेप्टेम्बर १० मा सीपीएमले जारी गरेको विज्ञप्तिमा यचुरीलाई श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमण भएको बताइएको थियो ।
म्बदगच ल्भउब
िल्क्ष्ऋ ब्कष्ब
परिवारले उनको शव अस्पताललाई दान गरेका छन् । उनलाई अगस्ट १९ मा एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि उपचार भइरहेको थियो ।
यचुरीलाई देशभरका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले यचुरी आफ्नो असल साथी भएको बताएका छन् ।
मुख्यमन्त्री ममता बनर्जीले यचुरीको निधनको खबर सुनेर आफू निकै दुखी भएको बताएकी छन् । उनी अनुभवी सांसद भएको र उनको निधनले राष्ट्रिय राजनीतिलाई ठूलो क्षति पुगेको बनर्जीको भनाइ छ ।
प्रतिक्रिया