आँधीपछि उत्तरी भियतनाममा पर्ने राजधानी हानोईसहित विभिन्न ठाउँमा थप बाढी समेत आउने भन्दै निकायले मंगलबार सूचना जारी गरेको हो।
उत्तरी भेयतनाममा रहेका थुप्रै नदीहरूमा बहाव बढेर रेड अलर्ट देखाएको छ। धेरैले गाउँ र आवासीय क्षेत्र छाडिसकेको पनि विपद व्यवस्थापन निकायले जनाएको छ।
४ हजार ६०० भन्दा बढी सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्। लाओ काइ प्रान्तमा सबैभन्दा धेरै १९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्।
फु(थो प्रान्तमा रहेको फोङ चाउ ब्रिज एक्कासि भत्किँदा गुडिरहेका गाडीहरू नदीमा खसेको भिडिओ पनि सार्वजनिक भएका छन्। पुल भत्किँदा १० वटा कार र दुई वटा स्कुटर नदीमा खसेका छन्।
यो आँधी ३० वर्ष यताकै शक्तिशाली भएको बताइएको छ।
आँधी, बाढी र पहिरोले भवनहरू भत्किएका छन् भने सडकहरू र बिजुली समेत अवरूद्ध छन्।
प्रतिक्रिया