अमेरिकाको जर्जियामा १४ वर्षीय बालकले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् ।
गोली प्रहारबाट मारिनेमा २ जना शिक्षक र दुई जना १४ वर्षका विद्यार्थी रहेको पुष्टि भएको छ । घाइते ९ जनालाई अस्पताल भर्ना गरिएको छ ।
विन्डरस्थित अपलाची हाईस्कुलमा गोली चलाउने १४ वर्षीय बालक कोल्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनका निर्देशक क्रिस होसीले अपलाची हाई स्कूलमा सामूहिक गोलीकाण्डमा केन्ट दोषी देखिएको बताए । अमेरिकाका विद्यालयमा गोलीकाण्ड बढिरहेको छ ।
२०२४ मा मात्रै विद्यालयमा ४५ औँ गोलीकाण्ड भएको सीएनएनले जनाएको छ ।
प्रतिक्रिया