काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
सोमबार ५८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रधानकार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखले एक सूचनामार्फत जनाएको छ ।
सूचनामा सम्बन्धित कार्यालयहरुलाई आवश्यक कारबाही गर्नु–गराउन भनी पत्राचार गरिएको उल्लेख छ । तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रधान कार्यालयले जनाइएको छ ।
प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।
कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ ।
शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ ।
रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारी, पर्सा ट्राफिकमा लोकराज भट्ट, महोत्तरी ट्राफिकमा लक्ष्मीराज जोशी र प्रहरी प्रभाग मंगलबजारमा लीलाभक्त बादेलाई पठाइएको छ ।
प्रतिक्रिया