दुर्घटना

काभ्रेको ५६ किलो भन्ने स्थानमा बसको ठक्करबाट पैदलयात्रु महिलाको मृत्यु


काठमाडौँ— अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साँझ ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको हो । ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन । उनलाई ठक्कर दिने बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।