समाचार

काभ्रेको ५६ किलो भन्ने स्थानमा बसको ठक्करबाट पैदलयात्रु महिलाको मृत्यु

योहो संवाददाता

काठमाडौँ— अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साँझ ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको हो । ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन । उनलाई ठक्कर दिने बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।