Breaking

सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी पक्राउ


काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव काठमाडौंबाट अनुज नकर्मी पक्राउ परेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका–१४, श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका–१७, घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसचिव हुन् ।

नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको छ।

सहकारीका अध्यक्ष जीबी राई भने फरार छन्।