काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएकाछन् ।
आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बताए । उनले दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताए ।
सरकारमा दलित समुदायको शुन्यता रहेको बताए । मन्त्रीपरिषद्मा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको बताए ।
उनले अधिकारमा सिमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुने बताए । सांसद विश्वकर्माले नीति निर्माणका उच्च ओहोदामा दलित समुदायलाई नियुक्ति गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया