काठमाडौँ— भारतको कोलकातास्थित एक मेडिकल कलेजमा कार्यरत महिला चिकित्सको बलात्कारपछि हत्याको घट्नाको विश्वभर नै विरोध भएको छ । बलात्कारपछि बर्वरता पूर्वक हत्या गरिएको विरोधमा चिकित्सकको आक्रोशित भिडले कलेजमा तोडफोड गरेकाछन् भने देशव्यापी प्रदर्शन र हड्ताल जारी राखेकाछन् ।
भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया
महिला चिकित्सको बलात्कारपछि हत्याको घट्नाले विश्वभर नै त्रास फैलिएको छ ।
झन्डै ३६ घण्टा निरन्तर काम गरेपछि थाकेकी ती चिकित्सक एउटा सभाकक्षमा निदाएकी थिइन्। त्यसको भोलिपल्ट उनका सहकर्मीहरूले त्यहाँ उनको अर्धनग्न शरीर फेला पारेका थिए । मृत अवस्थामा फेला परेकी उनको शरीरको अधिकांश भागमा चोट र रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।
अहिले भारतसहित न्यायको माग गर्दै प्रतक्ष्य र अप्रतक्ष्य रुपमा अन्य मुलुकमा पनि विरोध प्रदर्शन सुरु भएको छ । सामाजिक सञ्जालबाट पनि मृतकको परिवारले न्याय पाउनु पर्ने आवाज उठेको छ। भारतको घटनालाई लिएर चिन्ता व्यक्तगर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपालमा समेत यो विषयमा प्रतिक्रिया जनाएकाछन् । कतिपयले पोष्ट शेयर गर्दै न्याय माग गरेकाछन् ।
घटनाले विश्वभरनै त्रासदी फैलाएको छ भने महिला सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । घटनापछि महिला संगठन र नागरिक समाज लगाएतले निरन्तर नारा जुलुसहित सडक आन्दोलन गरिरहेकाछन् । चिकित्सकको आक्रोशित भिडले कलेजमा तोडफोड गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन र हड्ताल जारी राखेकाछन् ।
भारतका धेरै राज्यका सरकारी अस्पतालहरूमा चिकित्सकहरुले विरोध स्वरूप वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेकाछन् ।भारतीय प्रसारक एनडिटिभीका अनुसार शव परीक्षणले यौन दुर्व्यवहार भएको पुष्टि गरेको छ । पीडितका बुबाआमाले आफ्नी छोरीमाथि सामूहिक बलात्कार भएको दाबी गर्दै न्यायको माग गरेकाछन । प्रहरीले अस्पतालमा व्यस्त लाइनमा सहयोगीको काम गर्ने सञ्जय रोयसहित २४ जनालाई पक्राउ गरेको छ,। अहिले यो घटनामा भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अनुसन्धान जारी राखेको छ ।
भारतीय संचारमाध्यममा सार्वजनिक तथ्याङक अनुसार एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा सन् २०२२ मा प्रतिदिन औसत करिब ९० बटा बलात्कारको घटना रिपोर्ट दर्ता भएको देखिन्छ ।भारतले यति भयावह रूपमा बलात्कारका घटनाहरूको सामना गरिरहेको छ कि त्यसले देशभित्रका मात्र नभई विश्वका अन्य सञ्चार माध्यममा समेत समाचारको विषय बन्ने गरेको छ।राज्य सरकारका अधिकारीहरूमाथि यो विषयलाई दुरुपयोग गरेको आरोप लगाइएको छ । महिला डाक्टरको बलात्कार पछि हत्याको घटनाले महिला सुरक्षाको मुद्दा फेरि एकपटक बल्झिएको छ। सो घटनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री ममता बनर्जी, लगाएत नेतृत्व कर्ता माथि दबाव बढाएको छ ।
घटनापछि मुख्यमन्त्री बनर्जीले दोषीलाई फाँसी दिनुपर्ने बयान दिएकी छिन् । उनले भनेकी छिन् ‘मलाई सत्ताको लोभ छैन। यो घटनामा सीपीएम र भाजपाले राजनीति गरिरहेका छन्।’ यसअघि उनले कुनै पनि विषयमा लगातार यस्तो अभिव्यक्ति दिएको देखिएको छैन । यसका कारण राजनीतिक वृत्तमा प्रश्न उठिरहदा यो घटनाका कारण ममता ठूलै दबाबमा छिन् ? उनको आफ्नो सबैभन्दा ठूलो भोट बैंक विघटन हुने खतरा हो भने प्रश्न उठेको छ । आरोपितलाई मृत्युदण्डको माग गर्दै शुक्रबार साँझ ममता सडकमा उत्रिएपछि यी बहस र प्रश्नले थप बल पाएको छ । प्रधानमन्त्री मोदीले महिला विरुद्धको राक्षसी व्यवहारलाई कडा र चाँडो सजाय दिनुपर्ने बताएका छन् । सत्तामा रहेकाले आश्वासन दिएपनि भारतमा बलात्कारको घटना बढ्दो क्रममा रहेको छ । गत हप्ताको घटनापछि महिला सुरक्षामा मेदी सरकार चुकेको र जनतालाई सुरक्षाको दृष्टिले आश्वस्त पार्न नसकेको विषय उजागर भएको छ ।
प्रतिक्रिया