Breaking

सहकारी छानबिन समितिले दिपेश पुनसँग लियो बयान


काठमाडौँ— सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनसँग बयान लिएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैरकानुनी ढंगले कर्जा प्रवाह भएको पाइएको छ ।

समितिले निरन्तररूपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरूसँग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो । समितिका संयोजक सूर्य थापाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसँग निरन्तर छलफल र बयान लिने काम भइरहेको बताए ।