काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ ।
साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरूले बैठकका एजेन्डामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया