Breaking

चाँदबाग स्कुललाई काठमाडौं महानगरकोे अल्टिमेटम


काठमाडौं । बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले थप सात दिनको अल्टिमेटम दिएको छ ।

सरकारी जग्गा हडपेर चाँदबाग स्कुलको नाममा लगिएको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेपछि खाली गराउन महानगरपालिका सक्रिय भएको हो । मालपोत कार्यालय डिल्ली बजारका अनुसार कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपूर्जा सरकारको नाममा कायम गरिसकिएको छ ।

आज महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउन भन्दै पुगेको थियो । दुई दिनभित्र खाली गराउन भनेर पुगे पनि पछि समय थप गरिएको महानगर प्रहरी बलले जनाएको छ ।।