काठमाडौँ— धनुषामा आँपको बगैंचा मासेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेपछि किसान बिरोधमा उत्रिएका छन् । किसानले सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न भन्दै आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।।
किसानको आयस्रोतनै मासिने गरी निजी कम्पनीले सोलार प्लान्टको नाममा सयौं विघा आपको बगैचा फाड्न खोजेपछि धनुषामा स्थानीय आक्रोशित भएकाछन् ।धनुषामा आँपको बगैंचा मासेर सौर्य प्लान्ट स्थापनाको तयारी थालिएपछि किसानले विरोध सुरु गरेका हुन् । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी गरिएपछि किसानले आन्दोलनको चेतावनी दिएकाछन् ।काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रा.लि.ले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडी बढाउने तयारी गरेको हो । ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको अवस्थामा स्थानीयहरुले बिरोध जनाएका हुन् । उक्त कम्पनीले असार २९ मा किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।
आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसान विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता रहेको बताउँछन् । त्यसैले केही किसान जन्दादेवी प्रालिलाई जग्गा दिन सहमत भएको बताउँछन् । स्थानीय किसान रामउदगार महतोले आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको भन्दै यसलाई रोक्नुपर्ने बताउँछन् । आफूहरुको आश्रय नै आँप रहेकाले बगैँचा फडानी गर्न नदिने किसानको अडान छ । उनीहरुले सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने भन्दै सोलार प्लान्ट राख्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अर्का किसान विनोदकुमार सिंहले सो स्थानमा सोलार प्लान्ट खोल्ने वा नखोल्ने भन्ने विषयमा गहन छलफल हुनु आवश्यक रहेको बताए । प्लान्ट स्थापना हुँदा गाउँ तथा वरपरको वातावरणमा असर नगर्ने निश्चित भएपछि मात्रै त्यसको काम अगाडी बढाउन सकिने उनको भनाइ छ ।
उक्त क्षेत्रमा वर्षेनी लाखौं रुपैयाँको आँप बिक्री भइरहेको छ । जल्दादेवी सोलार प्रा.लि.ले भने अन्यत्र जग्गा नपाएकाले सो स्थानमा प्लान्ट स्थापना गर्न लागेको स्पष्ट पारेको छ । तर उक्त जग्गा दिने विषयमा किसानहरु नै विभाजित हुँदा सोलार प्रा.लि रणभुल्लमा परेको छ ।।
प्रतिक्रिया