काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सांसदहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर हवाई सुरक्षाबारे छलफल गरेका छन्।
सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाई, राजन केसीलगायतले प्रधानमन्त्री ओलीलाई भेटेर हवाई सुरक्षाबारे कुराकानी गर्नुभएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुइटा निकाय बनाउने विधेयकबारे कुराकानी भएको कांग्रेस सांसदहरूले बताएका छन् । विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको थियो।नेपालमा भइरहेका हवाई दुर्घटनालगायतका विषयमा प्रधानमन्त्री ओलीसँग कुराकानी भएको सांसद राणाले बताए ।
प्रतिक्रिया