Breaking

रथजात्राको अन्तिम दिन आज भोटो देखाईयो


ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन रहिआएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनकागरेकाछन् ।

भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ । जात्राको अवसरमा सरकारले आज उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।