काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालक पदमुक्त भएका छन् । आज ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालले सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाइएको जानकारी गराउँदै पत्र पठाइएको छ ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनस् लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधिएको थियो ।
उनीहरुले साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदमुक्त गरिएको दाहालले पठाएको पत्रमा उल्लेख छ ।
विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेकोमा २५ प्रतिशत जरिवाना जोडेर प्राधिकरणले उद्योगमा बिल पठाएको थियो। तर उद्योगले बक्यौता नतिरेपछि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्काललाई ती उद्योगको विद्युत् जडान भएको छ ।
प्रतिक्रिया