एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसका ४ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् ।
नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ ग्रहण गराए । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले भोली संसदबाट विश्वासको मत लिदै छन् ।
प्रतिक्रिया