काठमाडौँ— भारतबाट नेपाल हुँदै चीन तस्करी गर्न लागिएको चितुवाको छालासहित एक भारतीयलाई त्यहाँको प्रहरीले चम्पावत जिल्लाको देभधुरा फरेस्ट रेन्जबाट पक्राउ गरेको छ । ती व्यक्ति शुक्रबार पक्राउ परेको जनाइएको छ ।
स्थानीय प्रहरी एसएसपी आयुष अग्रवालका अनुसार चितुवाको छाला किन्ने उत्तराखण्ड राज्य बाहिरको रहेको जनाउँदै अनुसन्धानका क्रममा क्रेता नेपालको हुन सक्ने र सो छाला चीन तस्करी गर्न लागिएको हुन सक्ने जनाएका छन् ।
भारतमा सो छाला सहित पक्राउ परेका व्यक्ति ३० वर्षीय आनन्द गिरी भएको बताइएको छ । गिरीले करिब दुई वर्षअघि दुईवटा चितुवा मारेको स्वीकार गरेको भारतीय प्रहरीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
प्रतिक्रिया